युवकले विवाहको लागि राखे यस्तो अनौठो शर्त !

काठमाडौं । विवाहलाई लिएर तपाईले धेरै कहानी सुन्नु भएको होला । केहि मानिस आफ्नो विवाहलाई स्मरणीय बनाउनको लागि विभिन्न अनौठा शर्त राख्ने गर्दछन् ।

त्यो शर्त पूरा भएपछि मात्रै अगाडिको योजना बनाउँछन् ।एउटा यस्तै घटना भारतको उत्तर प्रदेशमा देखिएको छ । त्यहाँ एक युवकले विवाहका लागि एक नयाँ स्मार्टफोन किनिदिने शर्त राखेका थिए ।

नत्र विवाह नै नगर्ने उनको भनाई थियो । यो घटना चारैतिर फैलिएपछि उक्त युवकको मजाक समेत उड्यो । कमल अहमद नामका ति व्यक्तिले यस्तो शर्त राखेका थिए ।

यो ट्वीट अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?