काठमाडौं । केहि दिन यता धेरै चिसो बढीरहेको छ ।
यस्तो बेलामा काममा भन्दा मानिस धेरै घरमै घाम तापेर सुत्न चाहन्छ । किनभने मानिस घाममा बसेर तातो चियाको चुस्की लिन चाहन्छ । तर अहिले एउटा समाचार भाइरल बनिरहेको छ ।
एक व्यक्तिले एउटा अनौठो काम गरेर विश्व रेकर्ड बनाएका छन् । प्रान्सका रोमन भ्यान्डेन्डोर्पले २ घण्टा ३५ मिनेट ४३ सेकेण्ड बर्फको टुक्राले भरिएका ग्लासको केबिनमा बिताएर विश्व रेकर्ड बनाएका छन् ।
यो भन्दा पहिला पनि उनको रेकर्ड ४० मिनेटको थियो । उनले विश्व रेकर्ड बनाएर कमाएको पैसाले क्यान्सर पीडित बच्चाको सहयोग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया