काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले नेपाल स्टारको उत्कृष्ट ८ मा पुग्न सफल ८ जना प्रतियोगी, नेपाल स्टारका निर्णायकहरु एवं निर्देशकको १ बर्ष को दुर्घटना बीमा प्रदान गर्ने भएको छ ।
सो सम्बन्धी सम्झौता पत्रमा सिद्धाथ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्री र कि एडभरटाजिङ सर्भिस प्रा.लि. का प्रबन्ध निर्देशक रबिन्द्र कुमार रिजालले एक कार्यक्रमका बीच हस्ताक्षर गरेका छन् ।
सम्झौता कार्यक्रममा कार्यक्रमका नेपाल स्टारका निर्णायक मण्डलका सदस्य संगीतकार आलोकश्री, गायक राम कृष्ण ढकाल, गायिका अन्जु पन्त लगायत कम्पनीका पधादिकारी एवं नेपाल स्टारका उत्कृष्ट ८ मा प्रतिष्पर्धा गरिरहेका उम्मेद्वारहरुको उपस्थिति रहेको थियो ।
उत्कृष्ट ८ जनालाई जनही १५ लाख एवं निर्णायकहरु एवं निर्देशकको २५ लाख रकम बराबरको दुर्घटना बीमा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया