काठमाडौं । संसार गोलो छ, त्यसैले यहाँ हरेका किसिमको कुराहरुको फरक-फरक महत्व हुन्छ । कुनै कुरालाई हामी सामान्य लिन्छौँ भने कुनै कुरालाई हामी महत्वपूर्ण मान्ने गर्दछौँ ।
हामी आफ्नो जीवनमा हरेक दिन केहि न केहि गरिरहेकै हुन्छौँ । तर यदि हामीले आफ्ना स-साना बानीमा ध्यान दियौँ भने के भईरहेको छ भन्ने बारेमा सबै जानकारी मिल्छ । आज हामी तपाईलाई महिलाहरुसँग सम्बन्धित विषयको बारेमा जानकारी दिनेछौँ ।
‘फर्स्ट इम्प्रेशन इज लास्ट इम्प्रेशन’ यो भनाई त तपाईले सुन्नु नै भएको होला । तर के तपाईलाई कुन तरिकाले बस्ने महिलाहरुको आनीबानी कस्तो हुन्छ भन्ने कुरा थाहा छ ? यदि छैन भने आज हामी तपाईलाई जानकारी दिनेछौँ ।
कस्तो प्रकारले बस्ने महिलाको स्वभाव कस्तो हुन्छ भन्ने कुरा उनीहरुको बस्ने तरिकाबाट थाहा पाउन सकिन्छ ।
१.दुबै गालामा हात राखेर बस्ने महिला
जो महिलाहरु यस प्रकारले बस्छन् ति महिलाहरु अगाडि बढ्न चाहने खालका हुन्छन् ।
त्यस्ता महिलाहरुले जीवनमा आउने समस्याहरुलाई नजरअन्दाज गरिदिन्छन् । उनीहरु सोच्छन्, समस्या स्वयं आफैँ हराएर जान्छ । उनीहरुलाई जीवनमा रमाइलो गर्न मन लाग्छ ।
उनीहरु गम्भीर स्वभावका हुँदैनन् । किनभने उनीहरुको सोच जीवन एउटा मात्रै हो भन्ने किसिमको हुन्छ । किनभने उनीहरु जीवनामा सबै थोक गर्न रुचाउँछन् ।
२. खुट्टा माथि खुट्टा राखेर बस्ने महिला
जो महिला यस प्रकारले बस्छन्, उनीहरु चञ्चल स्वभावका हुने गर्दछन् । त्यति मात्रै होइन,उनीहरु केहि पनि नसोची फ्याट्ट बोलिदिन्छन् । उनीहरु दिमागमा जे आयो फ्याट्ट बोलिहाल्छन् ।
३. सिधा बस्ने
जो महिला एकदम सिधा बस्छन्, उनीहरु धेरै वुद्धिमानी हुन्छन् । उनीहरु चुनौति लिन मन पराउँछन् । उनीहरु एकअर्कासँग घुलमिल गर्न अत्याधिक रुचाउने किसिमका हुन्छन् ।
उनीहरुका धेरै साथीहरु पनि हुन्छन् । यस्ता महिलाहरु जीवनमा धेरै अगाडि बढ्न सक्दछन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया