काठमाडौं । डिजिटल वित्तीय प्रणालीको विकास तथा प्रवद्र्धन गर्न नेपाल राष्ट्र बैंकको निरन्तर पहल अन्तर्गत, नक्साल काठमाडौं स्थित तरकारी बजारमा क्यु आर कोड बाट भुक्तानी कार्यक्रमको शुरुवात भएको छ ।
नेपाल राष्ट्र बैंक, सानिमा बैंक र नक्साल तरकारी बजारको समन्वयमा आज (शुक्रवार) आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकको गर्भनर महाप्रसाद अधिकारीद्वारा फलफूल तथा तरकारी खरिद गर्दा क्यु आर कोड बाट बिल भुक्तानी गरी उक्त कार्यक्रमको थालनी गरेका हुन् ।
डिजिटल अर्थतन्त्रको विकासका लागि नेपाल राष्ट्र बैंकले विभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालान गर्दै आइरहेको परिप्रेक्षमा यस प्रकारको कार्यक्रमलाई निरन्तरता दिंदै दैनिक उपभोग गर्ने बस्तुहरुको खरिदमा डिजिटल बैंकिङ्गको प्रयोगलाइ बढावा दिन यो नमुना मोडलको थालनी भएको बताएका छन ।
फोन पे सञ्जाल अन्तर्गतका क्यूआर कोडबाट भुक्तानी गरी डिजिटल भुक्तानी प्रणालीलाई सहजीकरण गर्न सानिमा बैंकले नक्साल तरकारी बजारका बिक्रेताहरुलाई निःशुल्क क्यूआर कोड वितरण गरेको थियो । त्यसैगरि भायानेट कम्युनिकेसन द्वारा निःशुल्क वाई फाईको व्यवस्था गरेको छ ।
खुद्रा पैसाको झन्झट नहुने जुनसुकै समयमा पनि निःशुल्क कारोबार गर्न सकिने तथा ग्रहाकबाट भुक्तानी भएको रकम खातामै जम्मा हुने हुँदा क्यूआर कोडबाट कारोबार निकै सरल र सुरक्षित रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया