नाकमा अड्किएको सिक्का ५० वर्षपछि झिक्दा सबै परे चकित !

काठमाडौं । रसियाका एकजना मानिसको नाकभित्र अड्किएको सिक्का ५० वर्षपछि निकालिएको छ । ६ वर्षको उमेरमा नाकको दायाँ प्वालमा छिरेको सिक्का ५९ वर्षको उमेरमा बाहिर निकालिएको हो ।

सानो उमेरका खेल्ने क्रममा उनको नाकभित्र सिक्का छिरेको थियो तर आमाको गाली खाइने डरमा उनले लुकाएर राखेका हुन् । सानो सिक्का नाकभित्र छिरेको भएपनि त्यसको असर खासै नभएकाले उनेले लुकाएर राखेको बुझिएको छ ।

५० वर्षको उमेरसम्म नाकभित्र सिक्का रहँदा खासै असर नभएको तर, केहीसमयदेखि नाकको दायाँ प्वाल दुख्न थालेपछि उनी अस्पतालमा गएका हुन् । चेकजाँचका क्रममा डाक्टरले प्वालभित्र रहेको सिक्काको बाहिरी भागमा पुरै पत्थर बनेको राइनोलिथ भनिने वस्तु पत्ता लगाए ।

डाक्टरहरुले इन्डोस्कोपिक सर्जरी गरेर उनको नाकमा रहेको पथ्थरी परेको सिक्का बाहिर निकालेका हुन् । सिक्का सोभियतकालीन एक कोपेक मुद्राको हो । नाम नखुलाइएका सो व्यक्तिको शल्यक्रियापछि घर फर्केका हुन् । त्यसबेला १ सेन्ट बराबरको मूल्यको उक्त सिक्का सोभियत संघको विघटछनपछि सन् १९९१ मा रुसले प्रयोग गर्न छाडेको थियो ।

  • एजेन्सीको सहयोमाग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?