चिया बेचेरै अर्बपति बनिन् यी महिला !

काठमाडौं । केही बर्ष पहिले अमेरिकी महिला ब्रुक एडी भारत पुगिन् । उनी भारतमा चियाको पारखी भएर आफ्नै देश फर्किईन् । उनले आफ्नो देशमा चिया पकाएर बेच्न शुरु गरिन् । चिया पसल धेरै चलेपछि उनी अहिले करोडपति बनेकी छिन् ।
उनले शुरुमा चियाको व्यापारलाई पार्टटाईमको रुपमा चलाउने गरेकोमा मालामाल हुन थालेपछि फूलटाइम जागिर छाडेरै चिया व्यापारमा लागिन् ।

समाचारमा जनाईए अनुसार उनले चियाको व्यापारबाट ३ अर्ब ६५ करोड रुपैयाँ बराबरको सम्पत्ती आर्जन गरिसकेकी छिन् ।

भारतमा उनलाई चियाको स्वाद निकै मन परेको थियो । आफ्नो देश फर्किएपछि उनी एक दिन नजिकैको क्याफेमा चिया पिउन गईन्, तर भारतमा जस्तो चियाको स्वाद उनले पाईनन् ।

त्यसपछि उनले त्यही स्वादको चिया आफूले बनाउने संकल्प गरिन् । त्यसपछि सन् २००७ मा उनले अमेरिकामा चियाको कारोवार शुरु गरिन् ।

शुरुमा भारतीय चियाको स्वाद दिन उनलाई समस्या भए पनि बिस्तारै सिक्दै गईन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?