काठमाडौं । नेपाल राष्ट्र बैंकले आज दुई अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्दै छ । बोलकबोल प्रक्रियाका माध्यमबाट सो परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
दुई अर्ब बराबरको ट्रेजरी बिल ३६४ दिनका लागि बिक्री गरिने छ । यो बिल आउँदो वर्षको पुस १३ गते मात्रै परिपक्व हुनेछ भने १० करोड बराबरको ट्रेजरी बिल ९१ दिनको अवधिको हुनेछ । जुन बिल आउँदो चैत १७ गते परिपक्व हुनेछ ।
यसअघि पुस ६ गते ट्रेजरी बिल बिक्री गरेको बैंकले पुन बिल बिक्री गर्न लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया