काठमाडौं । जापानको हिरोसिमाको बारेमा त सबै परिचित हुनुहुन्छ होला ।
अमेरिकाले ६ अगस्ट सन् १९४५ मा (दोश्रो विश्वयुद्ध) ताका परमाणु बमले आक्रमण गरेको थियो । तर यो शहरको एक ठाउँमा मानिसको जस्तै छायाँ गएको ७५ वर्ष यता देखिने गर्दछ।
जसका कारण मानिसहरु अचम्ममा पर्ने गर्दछन् । उक्त छायाँ ‘द हिरोशिमा स्टेप्स श्याडो’ वा ‘श्याडोज अफ हिरोसिमा’ नामबाट चिन्ने गरिन्छ ।
दोश्रो विश्वयुद्धका बेला जब अमेरिकाले हिरोशिमामा परमाणु हमला गरेको थियो, तब त्यहाँका लाखौँ निर्दाेष मानिसको मृत्यु भएको थियो ।
यो अचम्मको छायाँ भएको ठाउँ भन्दा ८५० फीट टाढाबाट यो फोटो खिचिएको थियो । त्यहाँ कोहि मानिस बसेका थियो ।
यो बारेमा त्यहाँ परमाणु बलमे उक्त मानिस मारे पनि त्यसको छायाँलाई मार्न नसकेको कतिपयको तर्क रहेको छ । यस छायाँको वास्तविकताको बारेमा अहिलेसम्म सबै अनभिज्ञ छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया