काठमाडौं । हलिउड फिल्मका सबैभन्दा फेमस क्यारेक्टर ब्याटम्यानको बारेमा को परिचित नहोला । ब्याटम्यान फिल्म हेरेपछि चमेरोको बारेमा जान्न तपाईलाई अत्याधिक मन लाग्यो होला ।
चमेरो धेरैजसो अध्यारो ठाउँमा रुखका हाँगा तथा गुफाहरुमा उल्टो झुन्डिरहेको हुन्छ । तपाई चमेरो किन उल्टो झुन्डिन्छ भन्ने बारेमा जान्न कौतुहलता पनि भयो होला ।
आखिर किन उल्टो झुन्डिन्छ त चमेरो ? किन सिधा बस्दैन ? आज हामी तपाईलाई यस रहस्यको बारेमा जानकारी दिनेछौँ । चमेरो स्तनधारी जीव मध्ये एक मात्र त्यस्तो जीव हो जो उड्न सक्दछ ।
संसारभरमा १ हजार भन्दा धेरै चमेरोका प्रजातिहरु पाइन्छन् । ति मध्ये केहि चमेराहरु यस्ता पनि छन्, जसले रगत पिउँदछन् ।
त्यसैले उक्त प्रजातीको चमेरालाई ‘पिशाच चमेरो’ भन्ने गरिन्छ । वैज्ञानिकहरुले पनि चमेरो आज भन्दा १० करोड वर्ष पहिला अर्थात डायनोसरको समयमा धर्तीमा रहेको बताएका छन् ।
र आजसम्म पनि चमेरो धर्तीमा स्थित छ । चमेरो उल्टो झुन्डिँदा कारण सहज तरिकाले उड्न सक्दछ । बाँकि पंक्षीभन्दा चमेरो जमीनबाट उड्न सक्षम हुँदैन ।
किनभने चमेरोको प्वाँख जमिनबाट त्यति उडान भर्न सक्दैन । साथै चमेराको पछाडी पटिको खुट्टा छोटो हुन्छ,र पुरा विकसित भएको हुँदैन ।
त्यसैले चमेरोले जमीनबाट दौडेर उडानको गति समात्न सक्दैन । साथै चमेराको खुट्टाको नसा यति व्यवस्थित हुन्छ कि उसको सबै तौल पञ्जालाई बलियो बनाउने किसिमको रहेको हुन्छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया