काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कारलाई ‘द बिस्ट’ भन्ने गरिन्छ । सो क्याडिलाक बिस्ट लिमो कार केहि समय पहिले सार्वजनिक भएको थियो । सो कार बिभिन्न प्रकारले रहस्यमय रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
त्यसै रहस्यका कारण राष्ट्रपति ट्रम्पको बिस्ट कार सारा विश्वमा चर्चित छ । उक्त कारमा ८ इन्चको ढोका राखिएको छ जसको तौल बोइङ ७५७ विमान जति रहेको छ । बिस्ट कारको ढोका बन्द भयो भने कुनै पनि प्रकारको रसायन आक्रमणले केही पनि असर गर्दैन ।
साथै यसको ढोका रसायनीक आक्रमणलाई मध्यनजर गर्दै इन्टेरियरलाई सिल गरिएको छ ।
कारको अगाडिको ढोकामा ५ इन्चको मोटो लेयर छ, जसले कुनै प्रकारको बुलेटलाई छेक्न सक्ने क्षमता राख्दछ । ड्राइभर तिरको ढोकामा भने ३ इन्चको मोटो ग्लास जडान गरिएको छ जसका कारण, ड्राइभरले आपतकालीन समयमा सजिलैसँग सर्भिस एजेन्टसँग सम्पर्क गर्न सक्नेछन् ।
बिस्टलाई बुलेट प्रुफ, माइन प्रुफ र अन्य प्रकारको हमलाबाट बच्नको लागि सुरक्षित बनाएको छ ।
कारमा राष्ट्रपति ट्रम्पको ब्लड ग्रुपसँग मेल खाने रगतले भरिएको एक रेफ्रिजरेटर पनि राखिएको छ । कारमा आक्रमणको प्रतिरक्षा गर्नको लागि बन्दुक र अश्रुग्याँसको गोलाहरु पनि सुरक्षाको लागि फिट गरिएको छ ।
बिस्टको फ्रन्ट ग्रिलमा धेरै प्रकारको आधुनिक बन्दुक जडान गरिएको छ । साथै यसमा एक खास बन्दुक, नजिकबाट कसैले हमला गरेमा आगो फ्याँक्ने साधन पनि राखिएको छ ।
कारको डोनाल्ड ट्रम्प बस्ने सिटमा स्याटेलाइट फोन पनि जडान गरिएको छ । सो फोनमार्फत ट्रम्पले पेन्टागनसँग सिदा सम्पर्क राख्न सक्दछन् ।
बिस्ट कारको टायरमा स्टीलको रिम राखिएको छ । यदि कुनै कारणवश टायर पन्चर भएमा कारको स्पिडमा कुनै फरक पर्दैन ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया