जहाँ विवाहका दिन सासुले ज्वाईंलाई रक्सी खुवाउने चलन छ !

काठमाडौं । संसार अनौठो रहस्यले भरिएको छ ।

यस्तै एउटा अनौठो चलनको बारेमा आज हामी तपाईलाई जानकारी दिनेछौँ ।

भारतको छत्तिसगढस्थित कवर्धा जिल्लामा विवाहसँग जोडिएको एउटा अनौठो परम्परा छ । बैगा आदिबासीको विवाहमा दुलहालाई बेहुलीकी आमाले रक्सी पिलाएर विवाह शुरु गरिन्छ ।

बेहुलालाई रक्सी पिलाइसकेपछि बेहुला र बेहुलीले एकअर्कालाई रक्सी खुवाउने चलन रहेको छ ।

त्यसपछि मात्रै गाउँमा विवाहोत्सव मनाइन्छ । यसो गर्नाले नराम्रो कुराहरु नष्ट हुने उनीहरुको विश्वास रहेको छ ।

उनीहरुको विवाहमा पण्डित पनि हुँदैनन् र केहि सजावट पनि गरिँदैन । उनीहरु रक्सीले विवाहको शुरुवात गछृन् र सक्छन् पनि ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?