वैज्ञानिकले भेट्टाए एकसाथ बच्चा जन्माउने र फुल पार्ने अनौठो छेपारो !

काठमाडौं । संसारमा अनौठा अनौठा जीवहरु पाइने गर्दछन् । जनावरहरुको फर फरक विशेषता हुने गर्दछ । त्यस्तै वैज्ञानिकहरुले पनि छेपारोको नयाँ प्रजाति फेला पारेका छन् । उक्त छेपारो सर्प जस्तै देखिन्छ ।

उक्त अनौठो छेपारो दुई तरिकाबाट प्रजननमा सक्षम रहेको छ । छेपारोहरुले अण्डा दिने गर्दछन् । तर यो छेपारोले भने अण्डा र बच्चा जन्माउन सक्ने क्षमतको रहेको छ । यो छेपारोलाई साइफोस इक्वालिसको रुपमा चिन्ने गरिन्छ ।

अष्ट्रेलियाका वैज्ञानिकले तीन वटा खुट्टा भएको उक्त छेपारो भेट्टाएका छन् । यसको खोज सिड्नी विश्वविद्यालयका वैज्ञानिकले गरेका हुन् ।

यो छेपारो बिमोडल प्रजननमा सक्षम रहेको छ । एक रिपोर्टका अनुसार यो छेपारो एके समयमा दुई किसिमबाट प्रजजननमा सक्षम रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?