अक्षयको पारिश्रमीकमा ३६ करोडको वृद्धि, अब एउटा फिल्मको लागि १३५ करोड

लोकपथ
0
Shares

काठमाडौं । हरेक वर्ष ३४ वटा फिल्ममा देखिने बलिउड अभिनेता अक्षय कुमारलाई बलिउडमा सफलताको ग्यारेन्टीको रुपमा देख्ने गरिन्छ । उनी बलिउडका सबैभन्दा ब्यास्त अभिनेता हुन् ।

उनले लकडाउनमा शूटिङ र्न नपाउँदा समेत फिल्मको स्क्रिप्ट पढ्न र त्यसलाई फाइनल गर्नमा ब्यस्त रहे । भारतीय सञ्चारमाध्यमका अनुसार उनले अबका दुई वर्षका लागि फिल्म फाइनल गरिसकेका छन् भने आफ्नो फीमा पनि वृद्धि गरेका छन् ।

उनले लकडाउनमा आफ्नो फीमा ९८ करोडबाट १०८ करोड पुर्याए भने हालै मात्र फिल्म साइन गर्ने क्रममा ११७ करोड फी लिएका छन् ।

यो फिल्म २०२१ मा रिलीज हुनेछ । उनी २०२२ मा रिलीज हुने फिल्मको लागि १३५ करोड रुपैयाँ लिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?