२७० अण्डा र ६० किलो चिनीबाट बन्यो ६ फीट लामो मूर्ति, विश्वभर चर्चा

काठमाडौं । यो विश्व अनौठो रहस्यले भरिएको छ । केहि मानिस यस्ता पनि छन्, जो आफ्नो शौखको लागि हद पार गर्छन् । आफ्नो मन पर्ने सेलिब्रेटीलाई भगवान जस्तै मान्छन् ।

महान फुटबलर डिएगो म्याराडोनाका फ्यान सारा विश्वभर नै छन् ।

यसैमध्येका एक फ्यान हुन् भारतको तमिल्नाडुस्थित चेन्नईका सतीश रंगनाथन ।

उनले म्याराडोनाको एक मूर्ति २७० अण्डा र ६० किलो चिनीबाट बनाएको छन् ।

यो मूर्ति ६ फीट लामो रहेको छ भने यो बनाउन १४ दिनको समय लागेको उनले बताएका छन् ।

यो मूर्तिको अहिले विश्वभर नै चर्चा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?