काठमाडौं । १५ सय बच्चाकी आमा भन्दा तपाईलाई अनौठो लाग्यो होला । तर आज हामी तपाईलाई यसको बारेमा जानकारी दिनेछौँ । सिधुताई सपकाल नामकी एक वृद्धा अहिले १५ सय बच्चाकी आमा छिन् ।
कुनै बेला उनी पेट भर्नको लागि सडकमा भीख माग्ने गर्थिन् ।उनलाई भारतको महाराष्ट्रमा मदर टेरेसा भनेर चिन्ने गरिन्छ । उनको १० वर्षको उमेरमा २० वर्षीय पुरुषसँग विवाह भएको थियो ।
विवाहको केहि महिना पछि उनी गर्भवती भइन् । तर ९ महिना पुगेपछि उनलाई श्रीमानले लात्तीले पेटमा हानेर निकाले । उनले बेहोश अवस्थामा गायोंमा एक छोरीलाई जन्म दिइन् ।
उनी श्मशान घाटमा फालेका रोटी खाएर आफ्नो गुजारा चलाउँथिन् ।
उनले आत्महत्या गर्ने सोच पनि बनाएकी थिइन् । तर हिम्मत नहारीकन उनी अगाडि बढ्दै गइन् । ७० वर्षीय उनका अहिले १५ सय भन्दा धेरै अनाथ बच्चाहरु छन् ।
कोहि भने राम्रोसँग पढेर डाकटर र वकील बनेको उनले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया