महिला फुटबल स्टार साम्बासँग रोचक कुराकानी : प्रेम सम्बन्धदेखि मनपर्ने फुटबल खेलाडीसम्म

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी भन्नासाथ हाम्रो दिमागमा आउने नाम हो सावित्रा भण्डारी । सावित्रा भण्डारी भन्दा पनि आफ्नो उपनाम ‘साम्बा’ले चिनिने गरेकी छिन् उनी ।

राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर साम्बा देशमा मात्र नभइ दक्षिण एशियामै चर्चित छिन् । गोल मेसिन उनको अर्को उपनाम हो ।

Image may contain: Bhandari Sambaa, standing and outdoor

जब साम्बा मैदानमा उत्रिन्छिन् तब उनका नाम लिएर दर्शकहरु ‘हुटिङ’ गर्न थाल्छन् । साम्बाको खेलले उनको व्यक्तिगत छविलाई मात्र नभएर सारा राष्ट्रकै छविलाई चम्काएको छ । राष्ट्रिय टिमसँगको ६ वर्षको छोटो खेल यात्रामा ३८ अन्तर्राष्ट्रिय गोल गर्नुले यही प्रमाणित गर्छ ।

५ फिट ५ इन्च उचाइ, पातलो शरीर जसमा ‘कर्भ’ भनेको उनको मुस्कान मात्रै हो जुन कमै देखिन्छ किनकी उनी विरलै मुस्कुराउँछिन् । चट्ट ब्वाइजकट स्टाइलमा छाँटिएको कपालको बीच भाग गोल्डेन रङ्गले हाइलाइट गरिएको छ । कपाल मात्रै होइन साम्बाको बोलीचाली, हाउभाउ, लवाइखवाइ सबै केटाकै जस्तो छ । पहिल्यैदेखि ।

Image may contain: Bhandari Sambaa, standing and outdoor

जसकारण साम्बा भीडबाट छुटिन्छिन् । यस्ती प्रतिभाकी खानी राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर साम्बासँग लोकपथले गरेको रमाइलो कुराकानी प्रस्तुत गरेका छौँ ।

१) खेल जीवनको शुरुवात कहिलेबाट भयो ?

फुटबल त सानो हुँदाबाट नै खेल्न थालेको हुँ । खेल जीवनको औपचारिक शुरुवात सन् २०१४ बाट भएको हो । तर त्यसअघि पनि फुटबल धेरै नै खेल्थेँ । गाँउघरमा हुने कुनै टुर्नामेन्ट छुटाउन्नथेँ ।
२०१४ बाट नेपाली राट्रिष्य महिला फुटबलमा डेब्यु गरेको दिनलाई नै औपचारिक शुरुवात भन्न मन लाग्छ ।

२) जीवनको पहिलो पदक ?

२०१४ मा भएको साफ च्याम्पियनसिपमा हामी रनरअप भएका थियौँ । त्यो बेलामा देशको लागि पदक जित्न पाँउदा निक्कै खुशी लागेको थियो । आजसम्म पनि त्यो पदक पाँउदाको क्षण याद छ ।

३) शैक्षिक योग्यता ?
प्लस टु रनिङ ।

४) खेलाडी बन्नु भएको थिएन भने के बन्नु हुन्थ्यो होला ?
शायद खेलाडी नबनेको भए म सामाजसेवी हुन्थेँ होला । किनभने सानैदेखि मेरो स्वभाव नै सामाजिक किसिमको थियो । गाउँमा हुँदा विभिन्न कार्यक्रम होस्ट गर्ने, च्यारीटी जस्ता कार्यक्रमहरु गथ्र्यौं ।

५) कुन फोन चलाउनुहुन्छ ?
आइफोन १०

६) प्रेम सम्बन्धमा हुनुहुन्छ ?
म रिलेसनमा छैन, मलाई लाग्छ यो समय मैलै आफ्नो करियरमा दिनुपर्छ र मैले त्यही गरिरहेकी छु ।

७) कुन कुन देश घुम्नु भयो ?

धेरै देश घुमेको छु, मलेसिया, म्यानमार, थाइल्याण्ड, पाकिस्तान, मालदिभ्स, हङकङ आदि

८) नेपालमा मनपर्ने ठाँउ ?

मनाङ

९) सामाजिक सञ्जाललाई कति समय दिनुहुन्छ ?

त्यति धेरै समय त दिन्नँ तर समय दिएको बेला फ्यानहरुलाई नै समय दिने गरेको छु ।

१०) सामाजिक सञ्जालमा प्रेम प्रस्ताव र विवाहका प्रस्ताव आउँछन् ?

त्यस्तो खास्सै आउँदैन ।

११) जीवनको पहिलो कमाई सम्झिनुपर्दा ?

वि.सं २०७२ सालमा एपीएफमा जाँदा जीवनको पहिलो कमाई हात पारेको थिएँ । धेरै नै खुशी लागेको थियो । त्यो पैशा नचालाइ राखेको छु ।

१२) खाली समयमा के गर्नुहुन्छ ?

खाली समय नै हुँदैन । ट्रेनिङका कारण थकाइ लागेको हुन्छ, खाली समय पाए भने रेस्ट गर्छु, गीत सुन्छु ।

१३) यात्रा के मा गर्नुहुन्छ ?

स्कुटर

१४)  मेस्सी की रोनाल्डो ?

नो डाउट रोनाल्डो ।

१५) महिला फुटबल क्षेत्रको विकास हुन के गर्नुपर्ला ?

सबैभन्दा पहिले त अहिले महिला पुरुष दुवैलाई बराबरी तलब दिने निर्णयले निकै खुशी छु । यसले पनि अब धेरै सहयोग गरेको छ ।
तर तुलनात्मक रुपमा हेर्ने हो भने पुरुष खेलाडीहरुले धेरै खेल खेल्ने गरेका छन् । तर महिला फुटबलका खेल निक्कै कम हुने गरेको छ । महिलाहरुलाई पनि मोफसलहरुमा समेट्ने हो भने राम्रो हुन्छ ।

१६) घर परिवारको कतिको सपोर्ट छ ?

जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता होस् खेल खेलेर मैदान बाहिर निस्कनासाथ बुबाको फोन आइसकेको हुन्छ ।

Image may contain: Bhandari Sambaa, standing and outdoor

भलै लमजुङको सिमापानी नामक सानो गाउँमा निम्न आय भएको परिवारमा जन्म भएको होस् तर, आफूले सपना पूरा गर्नलाई सपोर्टको अभाव कहिल्यै झेल्नु परेन । हो, फुटबल खेल्ने जुत्ता नहुँदा उनले चप्पल लगाएरै खेलिन्, धेरै खेलेर त्यही चप्पल चुट्टिँदा खाली खुट्टै खेलिन् । खेल्ने साथी नहुँदा एक्लै खेलिन् । फुटबल नहुँदा मोजामा कागज खाँदेर आफैले बल बनाएर खेलिन् । तर, यी सबै अभाव गौण भए उनको अदम्य साहसका अगाडि । किनकी माया र पारिवारिक साथको अभाव उनले कहिल्यै झेल्नुपरेन ।

‘बुबाले सधैं साथ दिनुभयो, आमाले चाहिँ धेरै नखेल् भनेर गाली गर्नुहुन्थ्यो,’ साम्बा आफू एपिएफ क्लबमा छानिएर काठमाडौं आउने वेलाको क्षण स्मरण गर्दै अगाडि थप्छिन्, ‘तर, मैले घर छोड्दा सबैभन्दा बढी दुखी आमा नै हुनुहुन्थो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?