मौसम: सुदुरपश्चिम र प्रदेश १ मा हिमपातको सम्भावना

लोकपथ
0
Shares

काठमाडौं । बुधबार बिहान काठमाडौं उपत्यकाको तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ । मंगलबार यो वर्षकै कम १.१ डिग्री सेल्सियसमा झरेको काठमाडौंको तापक्रम आज झण्डै १ डिग्रीले बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज काठमाडौंको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।

अहिले सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदली रहेको छ।

पश्चिमी वायुको सामान्य प्रभावले आज दिउँसो सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली हुने छ । गण्डकी प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। सुदुरपश्चिम प्रदेश तथा प्रदेश १ का उच्च हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

आज राती गण्डकी प्रदेश र प्रदेश नं १ को पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको सुचनामा उल्लेख छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?