काठमाडौं । कोरोना भाइरसको नयाँ प्रकार (स्ट्रेन) को केस बढ्दै गएपछि भारतले बेलायतसँग उडानमा लगाएको प्रतिबन्ध ७ जनवरीसम्मका लागि बढाएको छ ।
अहिलेसम्म भारतमा २० जनामा कोरोनाको नयाँ स्ट्रेन पत्ता लागेको हो ।
बुधवार मात्रै १३ जनामा कोरोनाको नयाँ स्ट्रेन पत्ता लागेको हो ।
हिजो (मंगलवार) ७ जनामा कोरोनाको नयाँ स्ट्रेन भेटिएको थियो । जसका कारण भारतले सुरक्षालाई मध्यनजर गर्दै ७ जनवरीसम्म बेलायतबाट आउने जाने उडानमा रोक लगाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया