काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् ।
लामो समयदेखि स्वास्थ्यमा समस्या रहेकी सीताको स्वास्थ्यमा पुन समस्या देखिएपछि आज (बुधबार) अस्पताल भर्ना गरिएको प्रचण्डकी स्वकिय सचिव एवम् पुत्री गंगा दाहालले जानकारी दिएकी छन् ।
सामाजिक सञ्जाल फेसबूकमार्फत सीता अस्पताल भर्ना भएको उल्लेख गरे पनि कुन अस्पताल भर्ना गरिएको भन्ने विषय भने उनले खुलाएकी छैनन् । उनको स्वास्थ्यमा के समस्या भएको हो भन्नेबारेमा पनि खुलाइएको छैन ।
प्राप्त जानकारी अनुसार प्रचण्डपत्नी सीतालाई परिवारले यसै साता भारतमा उपचारका लागि लैजाने तयारी गरिरहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया