काठमाडौं – कोरोना भाइरस ‘कोभिड – १९’ बाट संक्रमित भएका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री गोविन्दराज जोशीको स्वास्थ्य अवस्था बिग्रीएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।
पुस १० गते कोरोना संक्रमण पुष्टि भएका जोशीको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको उनको पारिवारीक स्रोतले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ७ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ८४७ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ६०० रहेको छ । हालसम्म नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ५१ हजार ९१२ पुगेको छ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ३०० रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया