माधव नेपालको ‘क्यारिकेचर’ गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मामुली कार्यकर्ताको के टिप्पणी गर्नु’

लोकपथ
0
Shares

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले माधव कुमार नेपाललाई प्रचण्डको सामान्य कार्यकर्ता भएको टिप्पणी गरेका छन् । आज (बुधवार) ओली समूहले आयोजना गरेको सुदूपरिश्चमस्तरीय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘माधव नेपाल प्रचण्डका कार्यकर्ता हुन्। मलाई केही पनि भन्नु छैन,’ उनले भने,‘ उहाँ (माधव नेपाल) सधैँ उधारो सम्झौता हुँदैन भन्नुहुन्थ्यो। उहाँको बारेमा केही कमेन्ट गर्दिनँ, उहाँ दुःखी हुनुहुनेछ।’

ओलीले नेपालको क्यारिकेचरसमेत गरेका थिए। ‘अपमान! मान पाइनँ मैले! ‘ माधव नेपालमाथि टिप्पणी नगर्ने भन्दै उनले भने,’उहाँको के टिप्पणी गर्नु उहाँ प्रचण्डको कार्यकर्ता हुन जानुभयो कार्यकर्ताको के टिप्पणी गर्नू?’

आफू बैशाखपछि प्रधानमन्त्री नरहने भनेर प्रचण्डले गरेको भविष्यवाणी कुनैपनि हालतमा नमिल्ने पनि उनको दाबी छ । उनले त्यस्तो भविष्यवाणी मिल्ने भए पहिले पनि मिल्ने थियो भन्दै व्यंग्य कसे,‘पोहोर म विरामी परें, मरिहाल्छु भने त्यो पनि मिलेन । बैंकक गएँ बाकसमा आउँछ भने, त्यो पनि मिलेन, हुन त म एक दिन मर्छु । मान्छे मरोस भन्ने कल्पना गर्नुहुँदैन, विरोधीको पनि स्वास्थ्यलाभको कामना गर्छु ।
ओलीले दाहाल–नेपाललाई केही सिट ल्याउनुहोस भन्दै अहिलेदेखि नै चुनावको तयारीमा होमिन आग्रहसमेत गरेका छन् । ‘तपाईंहरूले पनि केही सिट ल्याउनुस् भन्ने मेरो शुभकामना छ । त्यसका लागि अहिलेदेखि नै तयारी गर्नुस् । सडकमा गएर कपडा बिगारेर के हुन्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?