आईसीसी मेल टिकटकर अफ द डेकेड : वार्नरले आफैँलाई दिए यो सम्मान

लोकपथ
0
Shares

काठमाडौं । अष्ट्रेलियाली ओपनर डेभिड वार्नरले आफैँलाई आईसीसी मेल टिकटकर अफ दी डेकेड अवार्ड दिने घोषणा गरेका छन् ।

यसलाई लिएर उनले सोसल मिडियामा एक फोटो पनि शेयर गरेका छन् । वार्नरले लेखे, भारतीय स्पिनर युण्जवेनद्र चल पनि यस अवार्डको लागि संयुक्त विजेता हुन् ।

वार्नरको यो पोस्टको जवाफ दिँदै चहलले लेखेका छन्, होइन सर, तपाई नै बेस्ट हो ।

वार्नर अधिकांश समय सोसल मिडियामा आफ्नो परिवारको साथमा र एक्लै पनि भिडियो शेयर गरिरहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?