काठमाडौं । भारतमा नयाँ वर्ष मनाउन सहज छैन ।
न्यू इयर ग्रेण्ड सेलिब्रेशनको लागि प्रसिद्ध मुम्बई, मैसूर, दिल्ली र बेंगलुरुमा नाइट कर्फ्यू लगाइने भएको छ ।
कोरोना भाइरस महामारीलाई मध्यनजर गर्दै सरकारले यो निर्णय लिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । नयाँ वर्ष मनाउन मानिसले विशेष गरेर रातीको समय छान्ने र एक ठाउँमा जम्मा हुने भएकोले नाइट कर्फ्यू लगाइएको बताइएको छ ।
दिल्लीमा बिहीवार राती ११ बजेदेखि बिहान ६ बजेसम्म र शुक्रवार पनि सोही समयमा कर्फ्यू लगाइने बताइएको छ ।
उक्त समयमा सार्वजनिक स्थलमा पाँच जनाभन्दा धेरै भेला हुन नपाइने । कुनै पनि कार्यक्रम गर्न नमिल्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया