बलिउड २०२० : यी प्रमुख कलाकारले गरे डेब्यू

लोकपथ
0
Shares

काठमाडौं । २०२० सारा विश्वका लागि नराम्रो साबित भयो । कोरोना महामारीका कारण सारा विश्वमा नै लकडाउन लाग्यो । जसका कारण सिनेमा हल बन्द भयो । जसका कारण २०२० मा फिल्म रिलीज हुन सकेनन् । यसैबीच बलिउडमा केहि प्रमुख कलाकारले भने डेब्यू गरेका छन् ।

१. सञ्जना सांघी

इम्तियाज अलीको फिल्म रकस्टारमा बच्ची म्याण्डी कौलको भुमिका निभाएकी सञ्जना सांघीलाई त्यो बेलामा धेरैले चिनेनन् । तर अब भने उनलाई धेरैले चिन्न थालेका छन् । सञ्जनाले २०२० मा दिवंगत एक्टर सुशान्त सिंह राजपूतको साथमा दिल बेचारा फिल्मबाट बलिउडमा डेब्यू गरेकी थिइन् । फिल्ममा उनले क्यान्सर पीडित युवतीको भुमिका निर्वाह गरेकी छन् । जसलाई धेरैले मन पराउका छन् । फिल्ममा सञ्जनाले धेरैको मन जितेकी छन् ।

२. अलाया एफ

पूजा बेदीकी छोरी र कबीर बेदीकी नातिनी अलाया एफ आफ्नो बलिउडमा डेब्यूलाई लिएर चर्चामा रहिन् । उनले सैफ अली खानसँग जवानी जानेमनबाट डेब्यू गरेकी थिइन् । उनको अभिनयलाई दर्शक र आलोचकले समेत मन पराए ।

३. आरुषी शर्मा

इम्तियाज अलीको फिल्म तमाशामा एक सानो भुमिका निभाएसँगै आरुषी शर्माले २०२० मा बलिउडमा डेब्यू गरिन् । उनले इम्तियाजको फिल्म लभ आज कल बाट कार्तिक आर्यनको साथमा बलिउडमा डेब्यू गरेकी हुन् । यो फिल्ममा उनले लीना गुप्ताको भुमिका निभाएकी थिइन् ।

४. आदिल खान

बलिउडका चर्चित निर्देशक विधु विनोद चोपडाको फिल्मबाट २०२० मा आदिल खानले बलिउडमा डेब्यू गरेका छन् । उनको पहिलो बलिउड फिल्म शिकारा हो । जो कश्मीरी पण्डित पलायन भएको बारेमा आधारित छ । उनको अभिनयको प्रशंसा भएको थियो ।

५. सादिया खतीब

आदिल खानसँगै सादिया खतीबले पनि यो वर्ष बलिउडमा डेब्यू गरिन् । शिकारा सादियाको पनि पहिलो फिल्म हो । जसमा उनले आदिलकी पत्नीको भुमिका निभाएकी छन् । फिल्ममा उनको अभिनय पनि धेरैले रुचाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?