बहुगुणी गाँजर : क्यान्सरबाट समेत बचाउँछ !

लोकपथ
0
Shares

काठमाडौं – हामीले खानाको समयमा सलादको रुपमा प्रयोग गर्ने गाँजर स्वादको हिसावले पनि निकै मिठो हुन्छ । यसका साथै स्वास्थ्य गुण भएको काँचै खान मिल्ने र पकाएर पनि खान मिल्ने सब्जी हो यो ।

यसको सेवनले क्यान्सरबाट बचाउन समेत सहयोग गर्छ । गाँजरमा रोगसँग लड्न सक्ने पोषक तत्व र एन्टीअक्सिडेन्ट जस्ता बीटा क्यारोटिन आदि प्रचुर मात्रामा पाइन्छ । जसले कोशिका झिल्लीको क्षतिग्रस्त हुनबाट रक्षा गर्छ र क्यान्सर कोशिकाहरुको विकासको गतिको कम गर्छ । यस सन्दर्भमा न्यूक्यान्सल युनिभर्सिटि र यूनिभर्सिटि अफ साउर्दन डेनमार्कको वैज्ञानिकहरुको शोधमा गाजरमा जीवाणुनाशक फ्यालक्यारिनाल पाइन्छ । जो मानवको लागि लाभदायक मानिन्छ । शोधकर्ताको अनुसार फ्यालक्यारिनाल क्यान्सरको आशंकाको ३३ प्रतिशतसम्म कम गर्नमा सहयोग गर्छ ।
अरु के – के खानुपर्छ जाडोमा ?
अदुवा : 

अदुवामा पाइने एन्टी अक्सिडेन्टसले क्यान्सरको सेल्ससँग लड्न मद्दत गर्छ । नियमित रुपमा अदुवा खाएमा क्यान्सर हुने सम्भावना निकै हदसम्म कम गर्छ । यसको साथै अदुवाले कोलेस्ट्रोलको स्तर पनि कम गर्छ । यसले रगतको क्लट जम्नबाट पनि रोक्छ । यसमा एन्टी फंगल र क्यान्सरको प्रतिरोधी गुण पनि पाइन्छ ।

ब्रोकाउली : 

ब्रोकाउलीले क्यान्सरबाट बचाउन मद्दत गर्छ । ब्रोकाउलीमा फिटाकेमिकल्स अधिक मात्रामा हुन्छ । जब यसलाई चपाइन्छ, यसमा भएको इन्जाइम शरिरको सिस्टमको हिस्सा बन्छ । यो हर्मोनले क्यान्सरबाट बचाउछ । मानव शरिरले पनि यो हार्मोन निर्माण गर्छ तर ब्रोकाउलीले खाएपछि मात्रै त्यो हार्मोन सक्रिय हुन्छ ।

धेरै शोधले यो कुरालाई सावित गरिसकेको छ । ब्रोकाउलीले शरिरमा क्यान्सरको कोशिकाको निर्माण हुनबाट रोक्छ । ब्रोकाउलीमा भएको तत्व शरिरको डिटक्सीफाई हुनमा सहयोग गर्छ । यसले शरिरबाट विषालु पदार्थ बाहिर निस्कन्छ । यसबाट हामी घातक क्टेरीयाबाट बच्न सकिन्छ ।

लसुन : 

यदि तपाईलाइ लसुनको गन्ध मन नपरोस् तर क्यान्सरबाट बचाउनको लागि यो एकदमै उपयोगी हुन्छ । पहिलेदेखि नै क्यान्सर भएमा पनि लसुनको प्रयोग गर्नुपर्छ । लसुनको सेवन गर्नाले क्यान्सरको कोशिका छिट्टै नष्ट हुन्छ र डिएनए पनि छिट्टै ‘रिपेयर’ हुन्छ । लसुनमा एच। पाइलोरी सहित ब्याक्टेरियासँग लड्ने एन्टीअक्सिडेन्ट गुण हुन्छ । जुन अल्सर र पेटको क्यान्सरको हुनबाट बचाउछ ।

पौष्टिक सब्जी : 

जाडोको मौसम छ । बजारमा पौष्टिक सब्जीहरु निस्कन थालिसकेको छ । यस्ता सब्जीहरुले हाम्रो स्वास्थ्यलाई फाइदामात्र गर्दैन, धेरै प्रकारको रोग लाग्नबाट पनि बचाउछ । केहि खाना यस्तो छ जसको हामीले नियमित आहारमा सामिल गर्यौ भने क्यान्सर जस्तो ज्यानमारा रोगबाट पनि बच्न सक्छौ ।

प्रकृतिले हामीलाई सबै कुरा मिलाएर दिएको छ । कुन सिजनमा हामीलाई कस्तो खानाको आवश्यकता पर्छ त्यस्तै खाना त्यो सिजनमा पाइन्छ । त्यसैले सिजनमा पाइने खानेकुराको मात्र सेवन गरौ भरसक बेमौसमी तरकारी फलफुलहरुको सेवन नगरौँ ।

एकातिर कोरोना भाइरसको प्रकोप अर्कोतिर अस्वस्थ्य खानपान, हारव्यहार जीवनशैली लगायतका कारण स्वास्थ्यमा झनै खतरा उत्पन्न हुनसक्छ । त्यसैले सचेत रहौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?