काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मानिसभित्र मानवताको भावना पैदा भए मात्रै अपराध नियन्त्रण हुने बताएका छन् ।
शुक्रवार बालुवाटारमा आयोजित ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रमलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
एसिड आक्रमण गर्नेलाई कडा कानून बनाउंदैमा अपराध कसरी नियन्त्र हुन्छ भनेर बालबालिकाले सोधेको प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री ओलीले एसिडपिडितले भोग्ने पीडा र क्षति सोच्नै नसकिने बताएका छन् । यिनै कुरालाई मध्यनजर गर्दै कडा कानून बनाएको प्रधानमन्त्री ओलीले बताए ।
चेतनाको अभाव, अमर्यादित, गैर जिम्मेवारी कारणले समाजमा अपराध मौलाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बाल्यकालदेखि नै सामाजिक र मानवीय भावना विकसित गर्नुपर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया