टेक सिँह धामी /कैलाली। सुदूरपश्चिमको कैलालीमा अवस्थित चिडीया ताल पर्यटकहरुको गन्तव्य बन्दै गएको छ । १२७ हेक्टर क्षेत्रफलमा फैलिएको यो ताल जलचर-थलचर जीवजन्तु र चराचुरुङ्गीकोसमेत वासस्थान मानिन्छ ।
कैलालीको मध्यवर्ती क्षेत्र घोडाघोडी नगरपालिका अन्तर्गत पर्ने चिडिया तालले पछिल्लो समय पर्यटकलाइ लोभ्याइरहेको छ । परापूर्व काल देखिको पौराणिक महत्व र प्राकृतिक सुन्दरता बोकेको जलमग्न, सिमसार क्षेत्र र एकान्त मनोरम वातावरण भएकै कारण चिडीया ताल बन्दै गएको पर्यटकहरु बताउँछन् ।
तालमा घुम्न, रमाउन र मन शान्तिका लागि सुदुरपश्चिमका विभिन्न जिल्लाहरु लगायत बाके, बर्दिया लगायतका जिल्लाहरु बाट समेत पर्यटकहरु तालको सौन्दर्यताको अवलोकन गर्न आउँने गरेका छन् ।
ताललाई पुर्खादेखि पौराणिक हिसाबले चिरीया ताल भन्दै आएको र अहिले तालमा विभिन्न किसिमका चराचुरुङ्गी र विशेषत साइबेरियन चराहरु, विभिन्न प्रजातिका गोहीहरु पाइने भएकाले यस तालको नाम चिडिया रहने गएको चिडिया ताल सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष चक्र बिष्टले बताए ।
विष्ट भन्छन् ’ताल अत्यन्त रमणीय छ, राज्य र स्थानीय सरकारले ताललाइ व्यवस्थित तवरले पर्यटकीय क्षेत्र बनाउने सकेमा राज्य र उपभोक्तालाइ लाभ हुने निश्चित छ ।’
ताल अहिले सामुदायिक वन मातहतमा रहेको छ। ताललाइ सुव्यवस्थित बनाउनुपर्ने र यसले राज्यलाइ पर्यटन विकासका आधारमा सघाउ पुग्ने स्थानीयको भनाइ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया