काठमाडौं । हाम्रो हातको औँलामा शंख वा चक्र हुने गर्दछन् । कसैको औँलामा २ वा ३ चक्र हुने गर्दछन् भने कसैकोमा चक्र नै हुँदैनन् ।
सबै औँलामा चक्र भए उक्त व्यक्ति चक्रवर्ती सम्राटको जसरी नै आफ्नो जीवन व्यतित गर्दछ भने सबै औँलामा शंख भएमा उक्त व्यक्ति देश विदेशको यात्रा र सम्मान प्राप्त गर्दछ । जानौँ शंखको सम्बन्धमा ११ रोचक जानकारी ।
१. औँलामा एउटा शंख भएमा त्यो व्यक्ति उच्च शिक्षा अध्ययन गर्ने र उच्च पद प्राप्त गर्न सक्ने खालको हुन्छ ।
२. दुई वटा शंख छन् भने जीवन संघर्षपूर्ण हुन्छ ।
३. तीन वटा शंख छन् भने लग्जरी लाईफ बिताउँदछ ।
४. चार वटा शंख छन् भने राजयोग वा अपार धनयोग पाइन्छ ।
५. पाँच वटा शंख छन् भने अत्यन्त प्रतिभावान, ख्यातिप्राप्त बन्ने योग हुन्छ र समाजलाई बदल्ने खालको हुन्छ ।
६. ६ वटा छन् भने वैज्ञानिक, उपदेशक, सन्त वा अद्भूत मस्तिष्क क्षमताको धनी हुन्छ ।
७. सात वटा शंख तपाईको हातमा छन् भने दुखी बन्ने हुन्छ ।
८. आठ वटा शंख तपाईको औँलामा छन् भने मिहेनतको बलले उच्च पदमा पुग्नुहुनेछ ।
९. तपाईको औंलामा ९ वटा शंख छन् भने महिला गुणवती हुन्छिन् भने पुरुषलाई महिलाको सहयोग मिल्दछ ।
१०. तपाईको हातको औँलामा यदि १० वटा शंख छन् भने तपाई सम्माननीय व्यक्ति बन्नुहुनेछ ।
११. हातका सबै औँलामा शंख छन् भने त्यो व्यक्ति देश तथा विदेशको यात्रा गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया