काठमाडौं । ओठले व्यक्तिको सुन्दरता झल्काउँछ । कोमल ओठले मानिसलाई अझ सुन्दर देखाउँछ पनि । तर बढ्दै गएको चिसो र धुलोधुँवायुक्त वातावरणका कारण धेरै मानिसहरुमा ओठ फूट्ने, सुख्खा हुने, रगत आउने जस्ता समस्या देखिन्छ ।
के तपाईमा पनि यस्तै समस्या छ ? यदि त्यसो हो भने घरमै बसेर सो समस्या हल गर्नको लागि लोकपथले केहि टिप्स बटुलेको छ ।
जाडोमा यसरी जोगानुस् ओठ :
-हरेक साँझ सुत्नेबेलामा महलाई सफा कपासले ओठमा लगाएर सुत्ने ।
-२४ घण्टासम्म रहने, पानी वा घामले केहि नहुने भन्दै विज्ञापन गरिएका लिपिस्टीक जाडोमा कमै मात्रामा प्रयोग गर्ने ।
-लिप बामको प्रयोग नियमित रूपमा गर्ने ।
-हलुका रुपमा पेट्रोलियम जेली लगाएर मसाज गर्ने
-तिलको तेललाई मनतातो बनाई बारम्बार लगाउनाले पनि फाइदा पुग्छ ।
-ओठ फूट्ने वा सुख्खा हुने समस्या कम गर्नलाई बाहिर हिँड्दा मास्क लगाउनु पर्छ।
-कागतीको रसमा ग्लिसरिन मिसाएर ओठ मसाज गर्दा ओठ फूट्दैन ।
-पानी र फ्रुट जुस प्रशस्त मात्रामा सेवन गर्नुपर्छ ।
-जिब्रोले ओठ छोईरहने तथा थुक लगाउने बानी छोड्नुपर्छ ।
-धेरै तातो र धेरै पीरो खानेकुरा खानुहुँदैन।
जानकारहरु भन्छन् : ”पेटमा धेरै जटिल समस्या भएकाहरुको जहिल्यै पनि ओठमा समस्या देखिइरहन्छ । यदि बारम्बार ओठमा घाउ आउने फूट्ने ईन्फेक्सन भयो भने पनि तपाईले चिकित्सकलाई देखाउनुपर्छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया