शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यो वर्षको एसईई परीक्षा आगामी जेठमा गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेको छ । परीक्षा सञ्चालनका निम्ति चार वटा विकल्प अघि बढाइएको छ ।
सम्बन्धित विद्यालय, स्थानीय तह, प्रदेश वा यसअघि झै संघीय सरकारमार्फत सञ्चालन गर्ने भन्ने रहेको छ । विद्यमान ऐनमा भन एसईई परीक्षा सञ्चालन जिम्मेवारी प्रदेश तहलाई दिइएको छ ।
मन्त्रालयले प्रस्तावसँगै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को विवरण माग गरेको कान्तिपुर दैनिकमा खबर छ । गतवर्ष कोरोनाबाट एसईई परीक्षा प्रभावित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया