काठमाडौं – बहुचर्चित ओखती साबुनले आफ्नो नयाँ उत्पादन ओखती आयुर्वेदिक तेल बजारमा ल्याएको छ ।
श्री जयकाली जडिबुटी उद्योग प्रा. लि. ले बजारमा ल्याएको बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धानपछि तयार पारिएको र यसको प्रयोगबाट रुघाखोकी, नाक बन्द हुने, जोर्नी दुखेको, थकान, मांसपेसी दुखेको, मर्केको, जिउ दुख्ने, टाउको दुख्ने लगायतका विभिन्न समस्या समाधानका लागि प्रभावकारी रहेको उद्योगले जनाएको छ ।
अरु के छन् यसका फाइदा ?
दाँत दुखेकोमा दुखाई कम गर्छ । दाँत दुखेमा कपासमा राखी दाँतभित्र राख्नाले दुखाइ कम हुनुको साथै गिजा सुनिने समस्या कम हुन्छ।
नियमित रूपमा बिहान बेलुकी दुई /दुई थोपा तातोपानी मा राखी बाफ लिनाले रुघाखोकी निको पार्छ ।
रातिमा निद्रा नलाग्ने समस्या छ भने निधार र टाउकोमा हलुका मसाज गर्नाले शरीरमा आराम मिल्छ ।जडिबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्रै ५० रुपैयाँमा बजारमा उपलब्ध छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया