ओखरका अचुक फाइदा जान्नुहोस्

लोकपथ
7
Shares

काठमाडौं – ओखरलाई ‘ब्रेन फुड’ भनिन्छ । ओखर सेवनले मस्तिष्कलाई निकै स्वस्थ्य राख्दछ । त्यतिमात्रै होईन यसको नियमित र सन्तुलित सेवनले शरीरको हरेका प्रक्रियालाई फाइदा पुर्‍याउँछ । त्यसैले ओखरको नियमित प्रयोग गरी विभिन्न रोगबाट टाढै रहनुहोस् ।

ओखरले रक्तप्रवाहलाई नियमित गराउन समेत सहयोग गर्छ । यसमा पाईने अधिक मात्राको पोषक तत्वले शरीरमा उर्जा प्राप्त हुन्छ । ओखरको तेल छाला र केसलाई मुलायम एवंम् चम्किलो बनाउन पनि प्रयोग गरिन्छ ।
ओखरमा भरपुर मात्रामा ओमेगा ३ फ्याटी एसिड हुन्छ । यसमा भिटामिन ए, बि ६, बि १२, सि, डि, इ र के पाइन्छ । प्रशस्त प्रोटिन पाइने ओखरमा क्याल्सियम, मिनरल्स, म्यानेसियम, आइरन, फस्फोरस, जिंक, कपर पाइने हुनाले यो एन्टिअक्सिडेन्टको राम्रो स्रोत पनि हो ।

के – के पाईन्छ ओखरमा ?

  • प्रशस्त प्रोटिन पाइन्छ ।
  • भिटामिन डि
  • फोलेट वा फालिक एसिड जसले मस्तिष्कलाई स्वस्थ्य राख्छ ।
  • ओमेगा ३ फ्याटी एसिड जसले मुटुलाई स्वस्थ्य राख्छ ।
  • ओखरमा केहि शक्तिशाली न्युरो प्रोटेक्टिभ कम्पाउन्ड पाइन्छ, जस्तो कि, भिटामिन इ, ओमेगा थ्रि फ्याटी एसिड, फोलेट, एन्टिअक्सिडेन्ट । यसले मस्तिष्कलाई सुरक्षा प्रदान गर्छ ।
  • ओखर खाँदा पेट लामो समयसम्म भरिन्छ । यसले गर्दा छिटै भोक लाग्ने हुँदैन, फलत ओभर इटिङबाट बचाउँछने हुँदा तौल नियन्त्रणका लागि पनि ओखर वरदान सावित छ ।
  • नियमित रुपले दुई वटा ओखर महसँग मिसाएर सेवन गर्नाले स्मरण क्षमता पनि बढ्छ ।
  • दुई वटा ओखर, एउटा बदाम बिहान /बेलुकी मनतातो दुधसँग सेवन गर्दा कमजोरी हट्छ ।
  • महिनावारीको समस्यामा ओखर र मह मिसाएर मनतातो दुधसँग पिउनुपर्छ । यसले पेट दुख्ने समस्या कम गर्छ ।
  • ओखरलाई हल्का भुटेर महसँग सेवन गर्दा रुघा खोकी लागेको समयमा समेत अचुक औषधि हुन्छ ।
  • ओखरको बोक्रा पिसेर त्यसले दाँत सफा गर्नुपर्छ, दाँत स्वस्थ्य र चम्किलो हुन्छ ।
  • तातो दुधसँग ओखर सेवन गर्दा पेटको जुका मर्छ ।
  • मनतातो पानीसँग ओखर सेवन गर्दा जोर्नीको दुखाई समेत ठीक हुन्छ ।
  • ओखरमा हुने भिटामिन E ले छाला सम्बन्धी समस्याबाट मुक्ति दिलाउँछ ।
  • यसमा प्रशस्त मात्रामा भिटामिन बी कम्प्लेक्सका साथैओखरमा विभिन्न मिनरल, म्याग्नेसियम, जिंक, क्याल्सियम, आइरन, कपर, भिटामिनजस्ता पौष्टिक तत्व पाइने भएकोले गर्भवती महिलाका लागि पनि निकै लाभदायक हुन्छ ।
  • ओखरमा फ्याटको मात्रा कम हुने भएकाले वृद्धवृद्धाहरूका लागि निकै लाभदायक हुन्छ ।

कसरी खाने ?
हरेक दिन ब्रेकफास्टमा एउटा र मध्यान्ह एउटा ओखर खान सकिन्छ ।
– ओखरलाई स- साना टुक्रा बनाई काँचो माछा र मासुमा मिसाउने र सँगै पकाएर पनि खान सकिन्छ ।
– ओखरलाई पिसेर धुलो बनाइ सलाद, अचार आदिमा मिसाएर खाने ।
– दहीमा ओखरका टुक्रा छरेर खाने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?