किन विदेश गएका नेपाली कामदारमा हृदयघातका कारण मृत्युदर बढी छ ? यसरी जोगिनुहोस्

लोकपथ
0
Shares

काठमाडौं –  चिकित्सकले बारम्बार भन्ने गरेका छन्, ‘गर्मीयामको तुलनामा जाडोयाममा हृदयघातको जोखिम बढी हुने गर्दछ ।’ तथ्याङ्क हेर्दा गर्मीमा भन्दा जाडोमा हृदयघात हुने सम्भावना ५३ प्रतिशतले बढी हुन्छ । त्यसमाथि पनि जाडो मौसमको बिहान ४ बजे देखी ५ बजेसम्म हृदयघातको खतरा धेरै हुन्छ । चिसोको कारण शरीरमा नसा साँघुरिँदा मुटुमा कार्यभार बढी हुने र यसले हृदयघात अर्थात हर्टअट्याक हुने सम्भावना बढ्ने चिकित्सकको भनाई छ ।

चिसोमा किन यस्तो समस्या बढी हुन्छ ?
चिसोले हुनसक्ने हाइपोथर्मियाले शरीरको तापक्रम सामान्यभन्दा तल झार्छ र शरीरले चाहिने मात्रामा ऊर्जा उत्पादन गर्न सक्दैन जसका कारण हृदयघातको सम्भावना हुन्छ । जाडो मौसममा हृदयाघात हुनुको अर्को कारण घाम नलाग्ने र भिटामिन डीको कमी हुनु पनि हो । भिटामिन ‘डि’ले रक्तनलीलाई स्वस्थ राख्न मद्दत गर्छ ।

पछिल्लो समयमा हृदयघातबाट हुने मृत्यु संसारभरी बढेको छ । अझै युवा अवस्थाका मानिसहरुमा समेत यो समस्या व्यापक रुपमा देखिन थालेको छ । आजकाल मानिसहरुको अस्तव्यस्त जीवनशैलीले गर्दा हृदयघातको जोखिम बढ्दो छ ।

खानपानमा ध्यान नदिनु र आवश्यक शारीरिक व्यायमको नगर्नु त्यसैगरी प्रदुषित वातावरण हृदयघातको प्रमुख कारण हो ।

विश्व स्वास्थ्य संगठन को तथ्याङ्क अनुसार दक्षिण एशियामा २७ प्रतिशत मानिसको हृदयघातका कारण मृत्यु हुने गरेको छ । त्यतिमात्रै होईन विदेशमा कामदारको रुपमा जाने धेरैजनामा .हृदयघात, स्ट्रोकको समस्या देखा परेको र कतिपयको सुतिरहेको अवस्थामा मृत्यु भएको छ ।

यो दर बढ्नुले विदेशमा कामदारको रुपमा जाने नेपालीहरु्र थप सचेत बन्नुपर्ने देखिन्छ ।

हृदयघातका लक्षणहरु के हुन् ?
हृदयघात हुनु अघि हाम्रो शरीरमा केही अहसजता र लक्षणहरु देखिन्छन् । त्यस्ता लक्षणहरुबारे सचेत हुन सके हृदयघातबाट बच्न सकिन्छ । हृदयघात हुनु अघि देखिने लक्षणबारे यहाँ चर्चा गरिएको छ ।

१. खुट्टा सुन्निनु
२. अपच हुनु वा वान्ता हुनु
३. थकान महसुस हुनु
४. छाती वा पिठ्यूँमा अत्यधिक पीडा हुनु
५. सास फेर्न कठिन हुनु
६. टाउको, गर्दन वा दाँत दुख्नु
७. बेचैन हुनु, तनाव हुनु र रिंगटा लाग्नु
८. जोर्नीहरू दुख्नु र साथमा ज्वरो पनि आउनु
९. जिब्रो,औंलाका टुप्पाहरू नीलो हुनु

यदि यस्ता लक्षणहरु देखा परे बेलैमा चिकित्सकको सल्लाह लिनुपर्छ । मुटुमा समस्या देखिएमा नियमित जाँच गर्नुपर्छ।

हुन त घुम्न वा शिक्षाको लागि जानेहरुमा पनि हृदयघातको समस्या देखिएको छ । तर कामदारका रुपमा जानेहरुमा यस्ता समस्या धेरै देखिएको छ ।

विदेशमा कामदारका रुपमा जानेले गर्ने गल्तिहरु के हुन् ?

मानव शरीरलाई चाहिने क्षारीय (अल्काली) र अम्लिय (एसिडीटि) तत्वमा अधिकांश नेपालीले यसको ठिक विपरीत अर्थात् (अम्लिय) तत्व धेरै मासु माछा आदि अत्याधिक खानु र साग सब्जी लगायतका तत्व जुन शरीरको पोषक तत्वको लागि अत्यावश्यक छन् । तिनको प्रयोग निकै कम गर्नु जस्ता कारणले गर्दा खानपान मिलेको हुँदैन । यसले पनि हृदयघातको जोखिम बढाउँछ ।

शरीरमा एक किसीमको हावापानी सहने क्षमता भइरहेको बेला अचानक यो सबै कुरा परिवर्तन हुँदा शरीरले एडप्ट नगर्न पनि सक्छ । अझै यस्तो अवस्थामा अनावश्यक मात्रामा चिल्लो पिरो अमीलो खाना बढ्ता प्रयोग गर्नु 

काम गर्ने समय परिवर्तन भइरहने कारणले गर्दा शरीरको लागि आवश्यक निन्द्रा नमिल्नु । यदी शरीलाई चाहिने ८ घण्टा निन्द्रा सुत्न पाएतापनि समय फरक पर्नु ।

४० देखि ४५ सम्मको तापक्रममा काम गर्नु र शरीर चिसो बनाउन भन्दै केमिकल मिसिएका विभिन्न पेय पदार्थ प्रयोग गर्नु । केहि काम गरेर फर्कनेबित्तिकै चिसो पेय पदार्थ अत्याधिक लिनु ।

साथीभाई जमघट गर्ने अखाद्य पेयपदार्थ धेरै खाने, चिसो र तातो एकैपटक पिउने, केमिकलयुक्त रक्सी पिउने

बाथरुम सफा गर्न निर्माण गरिएको लुना , ज्याकसन लगायतका लिक्वेर अल्कोहलको रूपमा प्रयोग गर्ने पनि पाइएको छ ।

कामको बोझ, व्यस्त कार्यतालिका, थकान आदीको कारण जङफुडको अत्याधिक प्रयोग
फलफून दानाहरु शक्तिबद्र्धक गेडागुडी लगायतको प्रयोग नगर्नु ।

शारिरीक अभ्यास नगर्नु

मन स्थिर नहुनु

नकारात्मक सोच हावी हुनु

कोठाको वातावरण नमिल्नु एयर कन्डडिसन राम्रो नहुनु

एकैठाउँमा धेरैजना कोचिएर बस्नु आदिले असर पुग्नु स्वास्थ अक्सिजन नमिल्नु ।

हृदयघातबाट बच्ने उपाय : 
१. स्वस्थ भोजन प्रशस्त फलफूल, हरियो सागसब्जी खानुहोस्  : साथै चिनी, नून र चिल्लो एकदम कम गर्नुहोस्।

२. नियमित शारिरिक कसरत र व्यायाम गर्नुहोस्  : दैनिक रूपमा ३० मिनेट ९आधा घण्टा० मात्रै भने पनि व्यायाम गर्नु मुटुको स्वस्थको लागि एकदमै राम्रो हो।

३. धूम्रपान साथै सूर्तिजन्य पदार्थको सेवन नगर्नुहोस्  : सूर्ति र तमाखु, सिगरेट ९चुरोट०, सिगार अथवा खैनी९सूर्ती स्वास्थ्यको लागि एकदमै हानिकारक हुन्छ। यसको उपयोग नगर्नु नै रोकथामको लागि एकदम उत्तम तरिका हो। त्यसैगरी सेकेण्ड ह्यान्ड धूम्रपान (अर्थात तपाईको छेउमा रहेर कसैले चुरोट पिउनु) को सम्पर्कमा पर्नु पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ।

४. मुटुका केही रोगहरू : जस्तै (उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, मधुमेह) आदिको कुनै लक्षणहरू नहुन पनि सक्छ। यी रोगहरू परीक्षण गरेपछि मात्र पत्ता लाग्छ। यसकारण मुटुरोगको कुरा गर्दा नियमित स्वास्थ्य परीक्षणलाई धेरै महत्त्व दिइन्छ। मानिसको आकस्मिक मृत्यु धेरैजसो मुटुरोगकै कारणबाट हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?