१ बजेदेखि ४ बजेसम्म कहाँ – कहाँ जाँदैछ बिजुली ?

लोकपथ
0
Shares

काठमाडौं – आज ललितपुरका विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने भएको छ । पुल्चोक वितरण केन्द्रको रिङरोड फिडर अन्तर्गतका क्षेत्रहरुमा ट्रान्सफर्मर जडानको काम गर्नुपर्ने भएकाले ती क्षेत्रमा विद्युत अवरुद्ध हुने भएको हो । नेपाल विद्युत प्राधिकरणले नख्खु चोक, बागडोल, धोबिघारा, मालपोखरी, धोबीघाट, नयाँबाटो, सनराइज टावरलगायत क्षेत्रमा ट्रान्सफर्मर जडान गर्दैछ ।

ट्रान्सफर्मर जडानका लागि पुलचोक वितरण केन्द्रको रिंगरोड फिडर सटडाउनमा राख्नुपर्ने भएकोले दिउँसो १ बजेदेखि ४ बजेसम्म बत्ति जाने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

निर्धारित समय अगावै ट्रान्सफर्मर जडानको काम सम्पन्न भएमा तोकिएको समयअगावै विद्युत आउने पनि प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?