काठमाडौं । इन्डोनेसियाका ‘आल्दी रिजाल’ नामक एक बालक दुई बर्षको हुँदा उनका तस्वीरहरु समाजिक सञ्जालमा निकै भायरल भएका थिए । ति तस्वीरहरुमा आल्दीले मज्जासित चुरोट तानिरहेको र धुवा उडाइरहेका थिए ।
आल्दी एक दिनमा ४० वटा भन्दाबढी चुरोट पिउथे । ती तस्वीरहरु देखेपछि त्यहाँको सरकारले बालकलाई सुधारकेन्द्रमा लगेका थियो । सुधार केन्द्रमा गएपछि आल्दीले चुरोट पिउन छाडे ।
चुरोटको लत छोडेपछि अहिले आल्दीलाई ‘ओभर–इटिङ’ अर्थात् धेरै खाने रोगको शिकार बनेका छन् । दिनभरि खाइरहने र एकै पटकमा धेरै किसिमका खाना खान सक्छन् ।
उनका बुबा–आमाको भनाइअनुसार, अहिले आल्दीले खानाको माग त्यति गर्छन्, जति चुरोटका लागि माग गर्ने गर्थे । यसकारण पनि उनको यस आदतलाई छोडाउन गाह्रो हुँदै गइरहेको आल्दीका परिवार बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया