काठमाडौं । मानवजातिको विकास लाखौं वर्षदेखि भएको हो । तर आधुनिक विकास धेरै पुरानो छैन । एक सय वर्ष अघिमात्रै विश्वमा मानवजातिको सभ्यता संस्कृति पढ्दा आश्चर्य लाग्न सक्छ । अहिलेको विश्वको महाशक्तिशाली र विकासमा पनि अग्रपंक्तिमा रहेको अमेरिका १ सय वर्षअघि खास त्यस्तो थिएन ।
सय वर्ष अघिको अमेरिका कस्तो थियो ?
– पुरुषको औषत आयु जम्मा ४७ वर्ष थियो ।
– कारका लागि इन्धन खरिद बिक्रीका लागि त्यो बेला पम्पको विकास भएको थिएन । त्यो बेला औषधि पसलबाट इन्धन बिक्री हुन्थ्यो ।
– एक पाउन्ड चिनीको मूल्य चार सेन्ट थियो ।
– १५ सेन्टमा एक दर्जन अण्डा पाइन्थ्यो ।
– ९५ प्रतिशत शिशुहरु घरमै जन्मन्थे ।
– सन् १९१५ मा अमेरिकाभर २३० हत्याका उजुरी दर्ता भएका थिए ।
तस्वीरमा हेर्नुहोस् १०० वर्ष अघिको अमेरिका :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया