काठमाडौं । अग्रेजी नयाँ वर्ष २०२१ को शुरुबाटै अन्तरिक्षमा भव्य खगोलीय दृश्य देखिँदै छ ।
आज ८ जनवरीमा तीनवटा ग्रहको अद्भूत संयोग देखिन ेभएको हो। आज साँझ आकाशमा बृहस्पति, शनि र बुध ग्रहको त्रिकोण देखिने भएको ज्योतिषीहरुको भनाइ छ ।
तीन ग्रहको सामीप्यताले अन्तरिक्ष अद्भूत दृश्य देखिने भएको हो ।
आज देखि जनवरी ११ तारीखसम्म आकाशमा यी तीनवटै ग्रहले त्रिकोण बनाउने छन्। ११ जनवरीमा बन्ने त्रिकोण भने त्यति स्पष्ट नहुने बताइएको छ । आज ८ जनवरीमा भने यो त्रिकोण स्पष्ट देखिने छ।
९ र १० जनवरीमा पनि तीन वटै ग्रहको संयोग देखिने छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया