अहिलेका दम्पतीमा पोर्नोग्राफी सामान्य भएको छ । यसबाट यौन आसन एवं प्राक–क्रीडाका सम्बन्धमा केही तौर तरिका त सिक्न सकिएला, तर यौन जीवन भने झन् खल्लो बनाइदिन्छ ।
क्यानडामा एक अध्ययन भएको थियो, जसले निकै भयावह नतिजा निकालेको छ । उक्त अध्ययन अनुसार पोर्न एवं अश्लील भिडियो हेर्ने महिला/पुरुष वास्तविक यौन जीवनमा एकदमै असन्तुष्ट हुने गरेका छन् । यही कारण उनीहरूको पार्टनरसँग राम्रो सम्बन्ध नरहने उक्त अध्ययनको निस्कर्ष छ । यो विषय यसकारण पनि गंभिर भएको छ, अहिले धेरैजसो महिलाहरू पोर्नग्राफीतर्फ आकर्षित भएका छन् । पोर्नोग्राफी हेरेपछि त्यही किसिमको अभ्यास गर्न रुचाउने प्रवृत्ति पाइएको छ । जबकि प्रोनोग्राफी आफैँमा आर्ट एवं फिल्म हो, जो पूर्णतया नाटकीय हुन्छ ।
- अध्ययनमा के पाइयो भने पोर्न हेर्ने महिला आफ्नो पार्टनरको एपियरेन्समा असन्तुष्ट देखियो ।
- क्यानडास्थित युनिभर्सिटी आफ न्यू बन्र्सविकको अध्ययनमा एक हजार वयस्कलाई सामेल गरिएको थियो । त्यसमध्ये दुई तिहाइ महिला थिए ।
- यस अध्ययनको नेतृत्व यौन विज्ञ क्याटलिन गोल्डस्मिथले गरेकी थिइन् । उनका अनुसार ‘पोर्न फिल्ममा सबैकुरा औसतभन्दा बढी देखाइएको हुन्छ । यसमा इन्टरकोर्स औसतभन्दा लामो समय चल्छ । पुरुष लामो समयसम्म एक्साइटेड रहन्छन् र महिला असली दुनियाँभन्दा चाँडै अर्गाज्मको अनुभव गर्छिन् ।
- पोर्न फिल्ममा पुरुषको यौनाङ्ग डिजिटल रूपले बढाइएको हुन्छ । उनीहरूको कस्मेटिक सर्जरी गरिएको हुन्छ । पोर्न मुभी हेरेर आफ्नो पार्टनरको पनि त्यस्तै होस् भन्ने अपेक्षा राख्नु मूर्खता हो ।
- पुरुषका लागि पोर्न मुभीमा जस्तै पर्फमेन्स गर्नु संभव छैन । त्यही कारण यस्तो अपेक्षा गर्ने महिला असन्तुष्ट हुने गरेको देखियो । त्यसो त महिला मात्र होइन, पोर्न मुभी हेर्ने पुरुषमा पनि यस्तै प्रवृत्ति हुने गर्छ ।
- उनीहरू पार्टनरको सेक्सुअल पर्फर्मेन्सका लागि अवस्ताविक अपेक्षा गर्छन् । अर्थात, वास्तविक जीवनमा हुनै नसक्ने यौन सक्रियता पतिबाट चाहन्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया