योग तथा प्राकृतिक चिकित्सक संघमा नयाँ कार्यसमिति

काठमाडौं- योग तथा प्राकृतिक चिकित्सक संघमा नयाँ कार्यसमिति चयन भएको छ । शनिवार भएको १२ औं साधारण सभाबाट डा. जनकबहादुर बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो।

नयाँ कार्यसमिति अन्तर्गत वरिष्ठ उपाध्यक्षमा डा दिनेश राई, उपाध्यक्षमा डा. योन्जन गैह्रे, महासचिवमा डा. रबिनलाल श्रेष्ठ, सचिवमा डा. दिपा पाण्डेय, कोषाध्यक्षमा डा. पुकार लोहनी चयन भएका छन् ।यस्तै सदस्यहरूमा डा. न त्रिदेन शाक्य, डा. प्रार्थी गुरुवाचार्य, डा. मनोज ढकाल, डा दिपा पौडेल, डा प्रकृति सिंह, डा प्रतीक्षा पाण्डे चयन भएका  छन् ।

साधारण सभामा डा. योन्जन गैह्रेले वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?