महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले तराई मधेशको विकासका लागि प्रधानमन्त्री केपी ओलीको विकल्प नरहेको दावी गरेकी छिन् ।
महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदीमा नव निर्मित पुलको शिलान्यास गर्दै मन्त्री महतोले प्रधानमन्त्री ओलीकै कार्यकालमा तराई मधेशमा थुप्रै विकासका योजना आएको र बहुप्रतिक्षित हुलाकी सडक जस्तो तराईको ‘लाइफलाइन’को काम पनि दु्रतगतिमा अगाडि बढेकोले यहाँको विकासका लागि उनको विकल्प नरहेको बताइन् ।
उनले भौतिक विकासका लागि पुल, पुलेसा, नदीनाला, सडक तथा शैक्षिक औद्योगिक र कृषि विकासका लागि पनि रु अर्बौको बजेट प्रधानमन्त्री ओलीकै कार्यकालमा आएको भन्नुहुँदै तराई मधेशको चौतर्फी विकासका लागि उहाँको महत्वपूर्ण भूमिका रहेको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया