नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संविधानको गलत ढङ्गबाट टीकाटिप्पणी गर्ने काम भइरहेको बताएका छन् । कांग्रेस तनहुँ क्षेत्र नम्बर २ (क) ले आज शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारमा आयोजना गरेको विरोधसभामा उनले संसद् विघटनपछि संविधानको गलत व्याख्या भइरहेको टिप्पणी गरे ।
केन्द्रीय सदस्य पौडेलले नेपालको सङ्घीयता गतिशील ढङ्गले अगाडि बढ्न नसक्नाको कारण नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को गतिविधि रहेको आरोप लगाउँदै संसद् विघटन गरेर प्रधानमन्त्रीले अस्थिरता निम्त्याएको बताए ।
संसद् विघटनका विरोधमा कांग्रेस तनहुँले आज चार प्रदेश निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम सम्पन्न गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया