शरणार्थी शिविरमा आगो लाग्दा प्यारालाइसिसका बिरामीको मृत्यु

लोकपथ
0
Shares

झापा । झापाको दमकस्थित भुटानी शरणार्थी शिविरमा भएको आगलागीमा परी एक शरणार्थीको मृत्यु भएको छ । दमक नगरपालिका–३ मा रहेको शरणार्थी शिविर सेक्टर नम्बर डी–४ छाप्रा नम्बर ३२५ मा सोमबार साँझ साढे सात बजेतिर आगलागी हुँदा ६० वर्षीय देशमान राईको मृत्यु भएको हो ।

प्याराइसिसका बिरामी राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगलागीबाट छाप्राभित्र रहेको १ तोला सुन, १० तोला चाँदी, ३ लाख नगद, खाद्यान्न, लत्ताकपडालगायत गरी करिब आठ लाख बराबरीको क्षति भएको जनाइएको छ ।

स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र दमक नगरपालिकाको दमकलको सहयोगमा आगलागीलाई नियन्त्रणमा लिइएको र आगलागीको कारणबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?