ट्रायलमा ६० नम्बर ल्याए लाइसेन्स पाइने

लोकपथ
0
Shares

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिँदा सबैभन्दा बढी परीक्षार्थी ट्रायलमा फेल हुन्छन् । जसले गर्दा विचौलियाको धन्दा फस्टाएको समेत देखिन्छ ।
यस्तै विकृति र अनेकन असहजता रोक्न यातायात व्यवस्था विभागले लाइसेन्स लिन मापदण्ड परिवर्तन गर्ने तयारी गरेको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले लाइसेन्सको प्रयोगात्मक परीक्षाको निर्देशिका परिवर्तन गर्न लागिएको जानकारी दिए ।
हाल ट्रायलमा विभिन्न प्यारामिटर छन् । सबै पास गरिसकेपछि मात्र लाइसेन्स पाउने सिस्टम छ, कतै एउटामा छुस्स छुुनेबित्तिकै फेल हुने व्यवस्था छ । ती विभिन्न प्यारामिटरलाई नम्बररिङ गर्ने र कुनै एउटामा फेल हुँदा अर्कोमा पास हुने समस्या हुनेछैन ।
‘नयाँ व्यवस्थाअनुसार सबैको नम्बर जोड्दै जाँदा ६० नम्ब्र आयो भने उ पास हुनेछ’, हमालले भने ।

अहिलेलाई ६० नम्बर ल्याउने पास हुने भनेर मापदण्डमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?