२०० भन्दा पनि धेरै बाघसँग रहन्छ यो परिवार !

काठमाडौं । हरेक मानिसको आफ्नै शौख हुन्छ । कसैको शौख साधारण हुन्छ भने कसैको अनौठो ।

एउटा यस्तै शौख अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ । एक परिवारको बारेमा आज हामी तपाईलाई जानकारी दिँदैछौँ ।

एउटा परिवार २२० भन्दा धेरै बाघसँग बिताउँछन् । ५१ वर्षीय जेफ लीव त्यस्ता व्यक्ति हुन्, जो २२० भन्दा धेरै बाघसँग बस्छन् ।

जेफ अमेरिकी करोडपति व्यक्ति हुन् । अमेरिकाको ओकलहोमामा ग्रेटर वीनिउड एनिमल पार्क रहेको छ । जसका मालिक जेफ लीभ रहेको छ । यो एनिमल पार्कमा ५०० भन्दा धेरै जंगली जनावर रहेका छन् । पार्कमा बाघ, भालु, गोही आदि जनावर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?