काठमाडौं । यस वर्षपनि नुवाकोटको तारकेश्वर गाउँपालिका-३ स्थित तारुकामा गोरु जुधाइएको छ ।
माघी पर्वका अवसरमा लामो समयदेखि तारुकामा गोरु जुधाइँदै आएको छ ।
गोरु जुधाइका क्रममा जुधिरहेका गोरुहरु मानिसहरु बसेको ठाउँतिर गएपछि केहीबेर भीड तितरबितर भएको थियो ।
गोरु जुधाइ हेर्नका लागि नुवाकोट, धादिङ, रसुवा चितवन, काठमाडौं लगायतका विभिन्न जिल्लाहरुबाट मानिसहरु आउने गरेका छन् ।
तस्वीर : सन्तोष न्यौपाने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया