काठमाडौं । जितसँगै बार्सिलोना स्पेनिस सुपर कपको फाईनलमा प्रवेश गरेको छ । बिहिवार राति दोस्रो सेमिफाईनलमा रियल मड्रिडलाई पराजित गर्दै बिल्बाओले फाईनलमा बार्सिलोनासँगको भिड्ने भएको छ ।
बिल्बाओका लागि राहुल गार्सियाले दुई गोल गरे । रियलका लागि करिम बेन्जिमाले एक गोल फर्काए । फाईनल खेल आईतवार हुनेछ ।
सुरुवाती अग्रता बिल्बाओले १८ औं मिनेटमा गार्सियाको गोलमा लिएको थियो ।
३८ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै गार्सियाले बिल्बाओको अग्रता दोब्बर बनाउने काम गरे । बेन्जिमाले ७३ औं मिनेटमा एक गोल फर्काए ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया