काठमाण्डौं, १७ असोज ।एमालेसंग चुनावी तालमेल गर्दै एकिकरण समेत गर्ने प्रचण्डको प्रस्ताव सार्वजनिक भएसंगै माओवादीमा फुटको संकेत देखिएको छ । माओवादी कार्यालय सदस्य बैठकमा प्रचण्डले एमाले संग एकता गर्ने प्रस्ताव पेश गरे संगै माओवादी केन्द्रमा फुटको स्थिती देखिएको हो ।माओवादी भित्र प्रभावशाली मानिने नेता गोपाल किराँतीले प्रचण्डको प्रस्तावको खुलेरै विरोध गरेका छन । प्रचण्डको एकता प्रस्तावमा रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठ लगायतले समर्थन गरेपनि गोपाल किराँती, मातृका यादव, प्रभु शाह जस्ता नेताहरुले खुलेर विरोध गरेका छन । नेता नारायण काजी श्रेष्ठले एकता प्रयाशलाई ऐतिहाँसिक भन्दै सामाजिक सञ्जालमा खुशि व्यक्त गरेपछि नेता किराँतीले पनि सामाजिक सञ्जाल मार्फत केही आत्मसमर्पणवादीहरुले पार्टीलाई एमालेमा बिलय गराउन खोजेको आरोप लगाएका छन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया