काठमाडौं । भारतको लखनउमा एक बेहुली विवाहअघि नै हुनेवाला श्रीमानसँग पैसा मागेर फरार भएकी छन् ।
दुलहासँग विवाह भन्दा अगाडि नै ६ लाख रुपैयाँ मागेको र सपिङ गरिसकेर फरार भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
उनीहरुको विवाह १६ डिसेम्बरमा हुने भनिएको थियो ।
मनोज अग्रवाल नामका युवकले मेट्रोमोनियल वेबसाइट जीवनसाथी डट कमबाट ति महिलालाई भेटेका थिए ।
उनीहरुको बीचमा कुराकानी भयो र विवाहको डेट फिक्स भयो ।
प्रियंका सिंह नामकी युवतीले मनोजसँग विवाह भन्दा अगाडि सपिङका लागि भनेर पैसा मागेकी थिइन् । तर सपिङपछि उनी फरार भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया