अनुहारको दागधब्बा हटाउने देखी यस्ता छन् फिटकिरीका फाईदै फाइदा !

काठमाडौं । सुन्दर देखिने रहर सबैको हुन्छ, अझै अनुहार राम्रो बनाउने चाहना सबैको हुन्छ र अनुहार चम्किलो र दागधब्बा रहीत बनाउन हामी धेरै मेहेनत पनि गरिरहेका हुन्छौ ।

अनुहारका लागि हामी महँगा कस्मेटिकहरुको प्रयोग गरिरहेका हुन्छौँ । अझ अनुहारमा आउने चायाँ, पोतो र दागधब्बा आयो भने अनेक उपाय खोज्न थाल्छौ जसको कारण अनुहार झन् विग्रीने खतरा हुन्छ ।

त्यसको समाधानको लागि हामी कस्मेटिक र औषधिको प्रयोग गर्नुभन्दा घरेलु उपाय अपनाउन सक्छौ । त्यसमा फिटकिरी लाभदायी मानिन्छ ।

फिटकिरीको प्रयोग हामी निम्न समस्यामा गर्न सक्छौः

अनुहार तथा शरीरको कुनै पनि भागमा छालामा देखा परेका दागधब्बा हटाउनको लागि फिटकिरीको प्रयोग गर्न सक्छौ । त्यसको लागि दाग भएको ठाउँमा फिटकिरीले नियमित मसाज गर्नुपर्छ । केही समय मसाज गरेपछि चिसो पानीले पखाल्नुस् तपाईको छालामा रहेको दाग विस्तारै हराउँदै जान्छ ।

त्यस्तै, यदि तपाईको शरीरमा चिलाउने, गन्हाउने जस्ता समस्या आएका छन् भने फिटकिरीले नियमित नुहाउनुपर्छ । यसले पसिनाको गन्ध कम गर्न मद्दत गर्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?